Posts

अमला

Image
स्थानीय नाम: अमला  बैज्ञानिक नाम: Emblica officinalis Gaertn /syn. Phyllanthus emblica Linn. अंग्रेजी नाम: Emblic Myrobalanपरिचय यो समुद्र सतहदेखि करिब १५०० मीटरसम्मको ऊँचाईमा पाइने मझौला खालको रुख हो । पात- साना, मसिना, अमिलीको पात जस्तै- जस्तै, डाँठमा दुईपट्टी मिलेर बसेका हुन्छन् । फूल-साना, तोरीका दाना जत्रै लाग्ने, हरियो बान्कीले युक्त पहेंलो रंगका, फूलहरू गुच्छाको रूपमा फुल्दछन् । यस वृक्षमा पात झर्ने र फूल फुल्ने दुवै कार्य चैत वैशाखको महिनासँगै हुन्छ । फल-यसको फल चिल्लो, हरियो, ६ खण्ड युक्त गोलो, करिब १ से.मी. व्यास भएको हुन्छ । शुरुमा हरियो भए पनि छिप्पिएको फल केही पहेंलो र सुकाएको फल कालो रंगको हुन्छ । उपयोगी अंग : फल । औषधीय गुणः यसको कार्य रक्तपित्त (नाकमुख आदि इन्द्रियहरूबाट रक्तस्राव हुने), प्रमेह (पिसाव सम्बन्धी रोग), वृष्य (वीर्य बढाउने) र रसायन कर्मको लागि विशेष रूपमा प्रयोग हुन्छ । साथै हर्रोले सञ्चो गराउने सबै खाले रोगमा पनि अमलाको प्रयोग गर्न सकिने व्यहोरा आयुर्वेदमा उल्लेख भएको पाइन्छ । नर्सरी तथा वृक्षारोपण:- राम्रोसँग छिप्पिएका बीउलाई काठको मुग्रोको सहायताले बोक्र